‘डिसेम्बर फल्स’ जोडी आर्यन र उपासना दुई फरक फिल्ममा अनुबन्धित

काठमाडौँ - हिरोहरूका लागि लक्की चार्म मानिएकी उपासनासिंह ठकुरीले आर्यन सिग्देलले उद्धार गर्न सकिनन् । उनको र आर्यनको जोडी रहेको ‘डिसेम्बर फल्स’ले बक्स अफिसमा कमजोर प्रदर्शन गर्यो । तर यी दुवैलाई यो फिल्मको व्यापारले खासै प्रभाव पनि पारेन । हलमा दुवै अभीनित फिल्मले दर्शकको खडेरी बेहोरिरहँदा दुवैलाई दुई फरक निर्माताले अनुबन्ध गरेका छन् ।
आर्यन सिग्देललाई मधुसुदन भट्टराईले निर्देशन गर्ने नयाँ फिल्मका लागि निर्माताले अनुबन्ध गरेका हुन् भने उपासनालाई ‘दुई नम्बरी’ निर्माता किरण नेपालीले उनको नयाँ फिल्म ‘हात्तीछाप’मा अनुबन्ध गरेका हुन् । आर्यनले खेल्ने भनेको यो फिल्ममा मुकुन भुसाल पहिले नै अनुबन्ध भइसकेका छन् भने ‘हात्तीछाप’ मा दयाहाङ राई र सौगात मल्ल अनुबन्ध भइसकेका थिए । यी दुवै फिल्मको सुटिङ फागुनको अन्त्यतिर हुने चर्चा छ ।
आर्यनले खेल्ने फिल्मका लागि निर्माताहरू हिरोइनको खोजीमा छन् । निर्माण टिमले केही दिनअघि फिल्मका लागि पूजा शर्मालाई प्रस्ताव गरेको भए पनि पूजाले आफैँ फिल्म निर्माणमा समय दिने भन्दै फिल्म खेल्न नसक्ने जानकारी गराएकी थिइन् । निर्माण टिमले आर्यनसँग जोडी सुहाउने अन्य हिरोइनको खोजी गरिरहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया