महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट

काठमाडौँ- 'सबल बैंक, सफल सहकार्य' को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ चावहिल काठमाडौंमा अवस्थित ओम समाज डेन्टल हस्पिटलसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले ओम समाज डेन्टल हस्पिटलको ओपिडी डक्टर कन्सोलेसन एण्ड चेकअप सेवा निःशुल्क, जेनेरल डेन्टल ट्रिटमेन्ट सेवामा १५% र अर्थो थेरापी एण्ड डेन्टल इम्पान्ट ट्रिटमेन्ट सेवामा १०% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौता पत्रमा अस्पतालका तर्फबाट अध्यक्ष डा.सुभाष घिमिरेले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका छन् ।
यस किसिमको सहकार्यबाट दन्त उपचारमा ग्राहकहरूको पहुँच बढ्नुका साथै डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू सहज र सुलभ दन्त उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैँकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतना कार्यक्रमहरू संचालन गर्दै आएको छ ।

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_rUAFdz67Hf_ygvsqzco9xevinwh9ymtvgtgsqknnxbuk1tmb7ndjqkzpyagya0t7bxuwdi1.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

प्रतिक्रिया