त्रिकोणात्मक प्रेमकथामा ‘गुञ्जन’को दोस्रो ट्रेलर

काठमाडौँ - केही समयअघि पहिलो ट्रेलर सार्वजनिक गरेको ‘गुञ्जन’ले बिहीबार दोस्रो ट्रेलर सार्वजनिक गरेको छ । औपचारिक कार्यक्रम गर्दै सार्वजनिक ट्रेलरले फिल्म त्रिकोणात्मक प्रेमकथा भएको संकेत गर्छ । फिल्ममा सारा सिरपाइलीलाई पाउन डेब्यू अभिनेता प्रितमराज सेन्चुरी र कबिर खड्काको घम्साघम्सी देख्न सकिन्छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्म उत्कृष्ट रहेको दाबी गर्दै निर्माता हिराकृष्ण शाहीले फिल्म मन नपरे पैसा फिर्ता दिने घोषणा गरे । शाहीको भनाइ थियो –‘यदि, फिल्म मन परेन भने दर्शकले मेरो नम्बरमा फोन गर्न सक्नुहुन्छ । फिल्म मन नपर्नुको कारण सोध्छु । त्यसपछि दर्शकले काटेको टिकटको सबै पैसा फिर्ता गर्नेछु ।'
फिल्मलाई अष्ट महर्जनले निर्देशन गरेका हुन् । फिल्ममा हिरा कृष्ण शाही र सुनिता शाहीको लगानी छ । महेश दवाडीको कथामा तयार भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, विपिन मल्लको सम्पादन छ ।कार्यक्रममा बोल्दै निर्देशक अष्टमान महर्जनले दुई दशक लामो द्धन्द्ध निर्देशन करिअरको अनुभव समेटेर फिल्म निर्देशन गरेको बताए । उनले फिल्मको मुख्य कथा प्रेम भएपनि फिल्ममा अचारको रुपमा द्धन्द्धको पनि स्वाद चाख्न सकिने जानकारी गराए । फिल्ममा सरोज खनाल, हिउवाला गौतम आदि कलाकारको पनि अभिनय रहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया