को होला कर्णालीमा मुख्यमन्त्री, केन्द्रलाइ रिजाउन डौडधुप

सुर्खेत - सत्तारुढ दलमा कर्णाली प्रदेशमा पहिलो दल रहेको नेकपा (माओवादी केन्द्र)ले आफूले जसरी पनि मुख्यमन्त्री पाउनुपर्छ भन्दै केन्द्रीय स्तरमा दवाव बढाएको छ । अन्य प्रदेशभन्दा कर्णालीमा माओवादीको अवस्था राम्रो भएको भन्दै कर्णालीमा मुख्यमन्त्रीको दाबी रहेको माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालिबहादुर मल्लले बताए ।
प्रदेशसभामा नेकपा एमालेका १० र माओवादीका १३ सिट रहेका छन् । सरकार बनाउनका लागि २१ सिट आवश्यक पर्ने भए पनि दुई दल मिलाउँदा २३ सिट पुग्छ । नेकपा एमालेको तर्फबाट मुख्यमन्त्रीमा दाबी गरिरहेका यमलाल कडेल मुख्यमन्त्रीको दौडमा रहेका छन् ।
नेकपा एमाले कर्णाली प्रदेशको एक कार्यदलले कर्णालीमा मुख्यमन्त्री आफूले पाउनुपर्ने भन्दै केन्द्रको ध्यानाकर्षण गराएको छ । आज मात्र प्रदेश प्रमुख तिलक परियारले २७ गते बेलुकी ५ बजे सम्ममा मुख्यमन्त्रीको दावी गर्न आग्रह गरिसकेका छन् । मुख्यमन्त्री माओवादीले पाउनु पर्ने त्यसमा पनि रुकुम पश्चिमका राजकुमार शर्मालाइ नै गराउनु पर्ने भन्दै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा व्यापक रुपमा लागेका बताइएको छ । राजकुमार शर्माका सन्तानसमेत रहेका छन् ।
कर्णालीमा माओवादीका अर्का पिल्लरका रुपमा रहेका उपमहासचिव शक्तिबहादुर बस्नेतको जिल्ला जाजरकोटमा माओवादीको प्रदेशसभा सदस्य नै नभएका कारण राजकुमारलाइ नै मुख्यमन्त्री बनाउनका लागि दवाव दिइरहेको बताएको छ ।
कर्णालीमा आफ्नो इज्जत र प्रतिष्ठाको विषय भएको भन्दै माओवादीले मुख्यमन्त्री दाबी गरेको माओवादी नेताहरू बताउँछन् । यो भन्दा पहिला पनि कर्णालीमा सरकारको पहिलो नेतृत्व माओवादीले नै गरेको थियो । केन्द्रमा सहमति नभइ प्रदेशमा केही नहुने माओवादी कर्णाली इन्चार्ज मल्लले बताए । २७ गते नै फाइनली टुंगो लाग्ने उनले बताए । अहिलेसम्म कुनै पनि सहमति नभएको उनको भनाइ छ ।
मुख्यमन्त्री माओवादीले पाए सभामुख एमाले र उपसभामुख माओवादीले पाउने नेताहरुले बताएका छन् । यदि एमालेले मुख्यमन्त्री पाएको खण्डमा सभामुख माओवादीले पाउने छ । यसको लागि केन्द्रमै निर्णय भएर प्रदेशमा आउने नेताहरूले बताएका छन् ।

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

प्रतिक्रिया