रुपन्देहीमा निषेधाज्ञा अवज्ञा गर्ने ८ जनालाई कैद सजाए
बुटवल : रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गर्नेमाथि कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा गर्ने ८ जनालाई कारबाही गरिएको छ । जिप्रकाका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाका अनुसार ८ जनालाई सम्झाई बुझाई गर्दा प्रहरी अधिकृतसमेतको टोलीलाई डिउटीमा बाधा अबरोध पुर्याएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।
उनीहरूलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाईएको थियो । उनीहरूमध्य ७ जना पुरुषहरूलाई एक महिना कैद वा सो बराबरको जरिवाना अनुरुप जनही रु ९ हजार १ सय र १ जना महिलालाई जरिवाना बापत रु ६ सय जरिवाना तोकिएको थियो । ती मध्ये ५ जनाहरूलाई कैद र जरिवाना वापतको रकम दाखिला गराई छाडिएको र अन्य ३ जना कारागार चलान भएका छन् । एक महिना कैद वा सो बराबरको जरिवाना अनुरुप को रकम तिर्न नसकेपछि कारागार चलान भएको प्रहरीले जनाएको छ ।
यता जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा गर्ने एक हजार २० वटा सवारी साधन नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार नियन्त्रणमा लियएका सवारी साधन मध्ये धेरै मोटरसाइकल रहेका छन । ७ सय १० मोटरसाइकल, सार्वजनिक सवारी साधन ५०, नीजि सवारी साधन १०, मालवाहक सवारी साधन १ सय ८० र साइकल ७० वटा रहेका छन । त्यस्तै २ सय जना पैदलयात्रीलाई समेत होल्ड गरी सम्झाई बुझाइ छाडिएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया