टी-ट्वान्टी सिरिजः भारतमाथि श्रीलंकाको जित
काठमाडौँ- घरेलु टोली भारतविरुद्धको दोस्रो टी-ट्वान्टी खेलमा श्रीलंकाले जित हात पारेको छ । पुणेमा बिहीबार राति भएको खेलमा श्रीलंकाले भारतलाई १६ रनले पराजित गरेको हो । जितसँगै ३ खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ । पहिलो खेल भारतले भने २ रनले जितेको थियो ।
बिहीबार राति २ सय ७ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९० रन मात्र जोड्यो । भारतका लागि अक्सर पटेलले ३१ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ६५ रन बनाएपनि जितका लागि पर्याप्त भएन ।
सुर्यकुमार यादवले ५१ तथा शिवम माभीले २६ रन बनाए । भारतलाई रोक्न श्रीलंकाका डासुन सिल्भा, कासुन रजिथा तथा दिलसान मडुसन्काले समान २-२ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ६ विकेट गुमाउँदै २ सय ६ रन बनायो । श्रीलंकाका लागि कप्तान डासुन शनकाले २२ बलमा २ चौका र ६ छक्काको मदतमा अविजित ५६ रन बनाए । कुशल मेन्डिसले ५२ रनको योगदान गरे ।
भारतका लागि उमरान मलिकले ३ तथा अक्सर पटेलले २ विकेट लिए ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZDkKn0URjG_axcwxtknvqeezop8mi2br7tavbkgkpdpsgqzuby1a1zrjpytavt4z1x9dh58.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया