‘तेजाब’ रिमेकमा रणवीर सिंह र जान्ह्वी कपुरको जोडी !

मुम्बई- अनिल कपुर र माधुरी दीक्षितलाई स्टारडमको चुलीमा पुर्याउने फिल्म ‘तेजाब’को रिमेकमा रणवीर सिंह र जान्ह्वी कपुरको जोडीले अभिनय गर्ने सम्भावना बढेको छ । फिल्मको रिमेक अधिकार लिएका मुराद खेतानीले फिल्मका लागि रणवीर सिंह र जान्ह्वी कपुरलाई लिन लागेको चर्चा छ ।
हलिउड हंगामाका अनुसार पहिला यो फिल्ममा निर्माताले कार्तिक आर्यन र श्रद्धा कपुरलाई लिन चाहेका थिए । तर दुवैसँग कुरा नमिलेपछि निर्माता रणवीरतर्फ आकर्षित भएका हुन् । रणवीर र जान्ह्वीको जोडी अहिलेसम्म पर्दामा नदेखिएको हुनाले दर्शकलाई रोचक हुने अनुमानमा यो जोडीलाई लिएर फिल्म बनाइन लागेको चर्चा छ ।
एन चन्द्रा निर्देशित यो फिल्म त्यो सालको सबैभन्दा बढी कमाउने फिल्म थियो । यही फिल्ममा समावेश ‘एक दो तीन’ बलिउडको उससमयको सबैभन्दा ज्यादा गुनगुनाउने गीत मानिएको थियो । रणवीर र जान्ह्वी दुवै अहिले हिट फिल्को खोजीमा छन् । रणवीर अभीनित ‘सर्कस’ भर्खरै रिलिज भएर फ्लप भएको छ भने जान्ह्वीको ‘धड्क’ पछि ठूलो पर्दामा फिल्म नै रिलिज भएका छैनन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया