सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

बस दुर्घटना हुँदा एकै गाउँका ६ महिलाकाे मृत्यु

बुटवल । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, खुर्सानेमा बुधबार राति यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ। रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने जाँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

रूपन्देहीको सालझण्डी ढोरपाटन सडकअन्तर्गत पर्ने सो सडकमा बस सडकबाट ५० मिटर तल भिरमा खसेको र रातको समय जंगल क्षेत्रमा दुर्घटना भएकाले समयमा उद्धार हुन नसक्दा यात्रुको ज्यान गएको बताइएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा पाल्पा रैनादेबी ८ खुर्साने गाँउकी ३६ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सरुमाया घिमिरे, ५४ वर्षीया खिमकुमारी राना, ४० वर्षीया गिरिकुमारी गाहा, २१ वर्षीया सामकुमारी खत्री र १९ वर्षीया बिना पाण्डे रहेका छन् । प्रहरीका अनुसार घाइते भेटिएका १५ जना मध्ये पनि १३ जना महिला र ४ जना पुरुष रहेका छन्। प्रहरीलाई राति १० बजेतिर दुर्घटनामा परेका घाइतेले नै फोन गरेर घटनाबारे जानकारी गराएका थिए। घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको राजमार्ग सुरक्षा ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।