वीरगञ्जमा बिहीबार राति थप १७५ जनामा कोभिड पुष्टि, पर्साका मात्रै १३१

वीरगञ्ज : वीरगञ्जमा थप १ सय ७५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति २ सय ८८ जनाको परिक्षण गर्दा ती मध्ये १ सय ७५ जनामा संक्रमण भेटिएको हो । परिक्षण गरिएको मध्ये ७० प्रतिशत भन्दा बढिमा संक्रमण भेटिएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए ।
कोभिडको दोस्रो लहर शुरु भएपछि वीरगञ्जमा एकै दिन नयाँ संक्रमित फेला परेको यो नै सबैभन्दा बढी हो । बिहीबार संक्रमण पुष्टि भएका १ सय ७५ मध्ये पर्सा जिल्लाका मात्र १३१ जना रहेका छन् । परिक्षण गरिएका मध्ये एक सय ३१ पुरुष र ४४ जना महिलामा कोभिड संक्रमण भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया