थप अक्सिजन किन्ने प्रदेश २ सरकारको निर्णय
जनकपुरधाम : कोभिड- १९ नियन्त्रणका लागि प्रदेश २ सरकारले थप अक्सिजन सिलिण्डर र रेमडिसिभिर खरिद गर्ने निर्णय गरेको छ । बिहीबार मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न उच्च स्तरीय बैठकमा कोभिडको पछिल्लो चरणमा अक्सिजनको आवश्यकता सबैभन्दा बढि देखिएको ठहर गर्दै सरकारी अस्पतालमा आक्सिजन सिलिण्डर भण्डारण गर्ने निर्णय गरेको हो ।
प्रदेशको १४ वटा सरकारी अस्पताललाई थप अक्सिजन सिलिण्डर भण्डारण गर्न कोभिड महामारी रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट ५/५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको जनाइएको छ ।
त्यस्तै संक्रमितका लागि महत्वपूर्ण औषधि मानिएको रेमडिसिभिर १ हजार भाइल तत्काल खरिद गर्ने प्रक्रिया थाल्न स्वास्थ्य आपूर्ति महाशाखालाई सहमति दिने निर्णयगरेको छ । प्रदेशका आठवटै जिल्लामा पिसिआर मेसिन सञ्चालनमा आइसकेकोले जाँचमा समस्या नरहे पनि उपचारका लागि थप जनशक्ति परिचालन गर्ने निर्णय समेत बैठकले गरेको छ ।
बैठकमा सहभागी सरोकारबाला निकायका प्रमुखहरुले कोभिड महामारीको वर्तमान अवस्था, रोकथामको उपाय र प्रदेश सरकारले चाल्नुपर्ने कदम बारे ब्रिफिङ्ग गरेका थिए ।

स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ

लहानस्थित खुट्टी नहर सञ्चालन गर्न माग

सप्तरीमा सिटी रिक्सा चार्ज गर्ने क्रममा श्रीमान्, श्रीमतीको मृत्यु

सिरहामा भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु

महिलामैत्री छैन सिरहाको कारागार

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक सातामा तीन किसानको मृत्यु

सप्तरीमा सर्पदंशबाट राईको मृत्यु

प्रतिक्रिया