आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

ए डिभिजन लिगका लागि क्लब दर्ता, काे-काे खेल्दैछन् याे सिजनमा ?

काठमाडौँ- नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगका लागि १४ वटै क्लबले नाम दर्ता गराएका छन् । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार जनाए अनुसार फागुन १९ गतेबाट सुरु हुने लिगका लागि १४ वटै क्लबले नाम दर्ता गराएका हुन् ।

एन्फाले जनाए अनुसार ती क्लबले लिगको तयारीका लागि पहिलो चरणमा समान १५-१५ लाख रुपैयाँ प्राप्त गरिसकेका छन् ।

मनाङ मर्स्याङदी, खुमलटार युथ, सातदोबाटो युथ, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी, एपीएफ, मछिन्द्र, जावलाखेल युथ, फ्रेन्ड्स, हिमालयन शेर्पा, थ्री स्टार, संकटा, न्यूरोड तथा नेपाल पुलिस क्लबले लिगका लागि नाम दर्ता गराएका हुन् ।

लिगका लागि माघ २ मा खेल तालिका सार्वजनिक गरिने एन्फाले जनाएको छ ।