माटोका भाँडा फुटाएर मनाइयाे चाँगुनारायण जात्रा

काठमाडौँ- पौष शुक्ल पूर्णिमाका दिन मनाइने चाँगुनारायण यात्रा काठमाडौंमा आज मनाइएको छ ।
शुक्रबार पौष शुक्ल पूर्णिमाका दिन मनाइने चाँगुनारायण यात्रा, माटोका भाँडा फुटाउने जात्रा सांस्कृतिक कार्यक्रमसहित मनाइएको हो । चाँगुनारायण यात्राको दर्शन गर्न उपराष्ट्रपति नन्दबहादुर पुनसमेत हनुमान ढोका पुगेका हुन् । उनले हनुमान ढोकास्थित तलेजु भवानीको दर्शन एवं प्रसाद ग्रहणसमेत गरेका थिए ।
सो अवसरमा बोल्दै तारिणी मखन क्लवका अध्यक्ष राजन महर्जनले लिच्छिवीकालदेखि सुरु भएको जात्रा लोप हुँदै गएकाले यसको संरक्षणका लागि मेला आयोजना गरेको बताए । उनका अनुसार परापूर्वकालमा चाँगु नारायण यात्राका लागि भक्तपुरबाट निस्किएको र हनुमान ढोका आएपछि त्यहाँका राजाले देवता हिँडे भन्ने ठानेर हाँडी फुटाएर रोकेको किंवदन्ती छ । हाँडी फुटाएपछि चाँगु नारायणले मलाई अशुभ भयो अब म कतै जानु हुँदैन भनेर तलेजु भवानीको मन्दिरमा पसेको किंवदन्ती छ ।
मेलाको अवसरमा उपराष्ट्रपति पुनले कुमारीको समेत पूजाअर्चना गरेका थिए ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया