वर्तमान सरकार गठबन्धन भत्काउँदैनाैँ : नेपाली कांग्रेस

काठमाडौँ- नेपाली कांग्रेसले वर्तमान सरकार गठबन्धन भत्काउने प्रयासमा नरहेको स्पष्ट पारेको छ ।
शुक्रबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस शीर्ष नेताहरूको बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस वर्तमान सरकार गठबन्धन भत्काउने प्रयासमा नरहेको र कसैलाई प्रधानमन्त्री बनाउने अफर नगरेको बताएका हुन् । उनले कांग्रेसले कसैलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको र नयाँ समीकरण बनाउने भन्ने हल्लामा सत्यता नरहेको भन्दै भ्रममा नपर्न आग्रह गरे ।
उनले कांग्रेसले अब जिम्मेवार र शालीन ढंगले आवश्यक भूमिका निर्वाह गर्ने स्पष्ट पारे ।
बैठकमा शनिबार बस्ने संसदीय दलको बैठक र केही दिनपछि बस्ने केन्द्रीय कार्यसमितिको बैठकको विषयमा छलफल भएको उनले जानकारी दिए ।
यसअघि भएका कमीकमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेका उनको भनाइ छ । उनले पार्टीभित्र सम्हालेर, एक भएर र आत्मालोचना गरेर अघि बढ्ने जिकिर गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया