रुघा र ज्वरोले ग्रसित गाउँपालिका अध्यक्ष नथुनीको निधन

वीरगञ्ज : पर्साको कालीकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको छ । कालीकामाई गाउँपालिका-२ भेडिहारी निवासी ७९ वर्षीय कुशवाहाको शुक्रबार बिहान २ बजेतिर निधन भएको गाउँपालिकाका कार्यालयले जनाएको छ ।
विगत केही दिनदेखि रुघाखोकी र ज्वरोले ग्रसित कुशवाहाको स्वास्थ्य अवस्था बिग्रएपछि अस्पताल लैजाने क्रममा बोटोमै मृत्यु भएको उपाध्यक्ष राजेश कुमार चौरसियाले जानकारी दिए । कुशवाहा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन जनता दलबाट कालीकामाई गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया