शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

कोभिडबाट नेपालमा थप एक जनाको मृत्यु

काठमाडौं- ​कोभिड-१९ संक्रमणबाट नेपालमा आज थप एक जनाको मृत्यु भएको छ । काठमाडौं स्थिति वीर अस्पतालमा संक्रमणबाट ५७ वर्षीय एक पुरुषको मृत्यु भएको हो । 

थप एक संक्रमितको मृत्यु भएसँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार २० पुगेको छ । 

आज ७ सय ८३ को नमुना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज तीन जना संक्रमण मुक्त भएका छन् ।

शुक्रबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २१ पुगेको मन्त्रालयको भनाइ छ ।