रेसुङ्गा विमानस्थलमा भोलि ‘डेमोस्ट्रेसन’ उडान

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आइतबार नमुना (डेमोस्ट्रेसन)उडान गरिने भएको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा निर्माण गरिएको विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाजले डेमोस्ट्रेसन उडान गर्न लागेको हो ।
डेमोस्ट्रेसन उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र तारा एयरलाइन्सबीच रेसुङ्गा नगरपालिकाको तर्फबाट सम्झौता भएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।
उनले आइतबार बिहान ११ बजे डेमोस्ट्रेसन उडानको गरिन लागेको बताए । उक्त जहाज काठमाडौँबाट गुल्मी आइपुग्न ५० मिनेटको समय लाग्ने प्राधिकरणले जनाएको छ । आइतबार डेमोस्ट्रेसन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।
जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, गोकर्णराज विष्ट, एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्कीलगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीसमेत आउने बताइएको छ ।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया