आईसीयू बेड कुर्दाकुर्दै कोभिड संक्रमितको मृत्यु
बुटवल : लुम्बिनी प्रादेशिक अस्पतालमा आज पनि एक जना कोभिड-१९ संक्रमितले आईसीयू बेड नपाएपछि ज्यान गुमाएका छन् । संक्रमितले २४ घण्टादेखि अस्पतालको इमर्जेन्सीमा बसेर बेडको प्रतीक्षा गरेपनि खाली नभएपछि आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
बुटवल ११ का ८३ वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि बैशाख १५ गते अस्पताल पुर्याइएको थियो । कोरोनाको लक्षण देखिएपछि १५ गते स्वाव संकलन गरिएकोमा १६ गते उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ आएसँग बेडको प्रतीक्षामा इमर्जेन्सीमा अक्सिजनको सहायतामा राखिएकामा उनको आज बिहान साढे ९ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।
उनका अनुसार, लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको अत्यधिक भीड भएपछि हाल फिबर क्लिनिकसहित इमर्जेन्सीमा समेत कोरोना संक्रमितलाई राखेर उपचार चलिरहेको छ । कोरोना विशेष अस्पताल र भिम अस्पतालका सबै बेड भरिएपछि लुम्बिनीले फिबर क्लिनिक र इमर्जेन्सीलाई समेत कोरोना उपचारमा प्रयोग गरेको हो । अघिल्लो हप्ता पनि देवदह नगरपालिकाका वडाध्यक्षका श्रीमतीको आईसीयू नपाएर फिबर क्लिनिकमा ज्यान गएको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया