विश्वासको मतबारे छलफल गर्न पुस २६ मा पुन: कांग्रेस संसदीय दलको बैठक बस्ने

काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सांसदहरूलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले पुस २५ र २६ गते बस्ने प्रतिनिधिसभाको बैठकको प्रक्रियाबारे सांसदलाई जानकारी गराउँदै आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सांसदहरूलाई निर्देशन दिएको हो ।
बैठकपछि कांंग्रेस मुख्य सचेतक रमेश लेखकले सदनमा कांग्रेसका सांसदहरूले खेल्नुपर्ने भूमिका र तयारीका बारेमा जानकारी गराइएको बताए । अहिलेको निर्वाचनमा कांग्रेसलाई ठूलो दल बनाउने मतदाताप्रति बैठकले आभार व्यक्त गरेको छ भने निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैप्रति पनि आभार व्यक्त गर्ने निर्णय गरेको लेखकले बताए ।
उनले विश्वासको मतका विषयमा छलफल गर्न पुस २६ गते पुन संसदीय दलको बैठक बस्ने र आवश्यक निर्णय गर्ने जानकारी दिए । लेखकले अहिलेको गठबन्धन भत्काउने र नयाँ गठबन्धन बनाउने कांग्रेसको कुनै तयारी नरहेको स्पष्ट पारे ।
त्यस्तै कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको बैठकमा प्रतिनिधिसभामा खेल्नुपर्ने भूमिकाका बारेमा छलफल भएको बताए । उनले केन्द्रीय समितिको बैठकमा निर्वाचनको समीक्षा, राजनीतिक घटनाक्रमको समीक्षाका साथै सरकार गठनमा किन चुक्यो भन्ने विषयमा छलफल गर्दै नयाँ मार्ग तय गर्ने धारणा राखे ।
बैठकले संसदीय दलको कार्यसमितिलाई पूर्णता दिने प्रक्रिया आरम्भ गर्ने निर्णय पनि गरेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया