हरिवन-७ मा पुनःमतगणना गर्न अदालतको आदेश

सर्लाही - हरिवन नगरपालिका–७ को वडाध्यक्षको मत पुनःगणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ । हरिवन नगरपालिका–७ का वडा अध्यक्षमा यसअघिको मतगणनालाई रद्द गरी पुनः मतगणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको हो ।
उच्च अदालत जनकपुरका न्यायाधिशद्वय भोजराज अधिकारी र रेखा थापा (पाण्डे)को संयुक्त इजलासले पुनः मतगणनाका लागि आदेश दिएको उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए ।
गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा नेकपा (एमाले)का नीरध्वज कार्की निर्वाचित भएका थिए । निर्वाचन अधिकृतको कार्यालयको गणनाअनुसार कार्कीले तीन सय ७९ मत ल्याएका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टीकाजङ्ग थापा (अशोक)ले तीन सय ७८ मत प्राप्त गरेका थिए । कांग्रेसका थापाले तत्कालै पुनःमतगणनाको अन्तरिम आदेश जारीको मागसहित रिट दायर गरेका थिए ।
वडा अध्यक्षका रुपमा हाल कार्की कार्यरत छन् । पुनः मतगणनाको आदेशपछि अब उच्च अदालतमै मतपत्र झिकाएर गणना गरिने छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया