सुन एकैदिन ९ सय रुपैयाँले सस्तियो, डलरसँगै किन घट्यो मूल्य ?

काठमाडौं : नेपाली बजारमा सुनको भाउ एकैदिन नौ सय रुपैयाँले सस्तिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेपछि त्यसको प्रभाव नेपाली सुन बजारमा परेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारसुन तोलामा ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलामा ९० हजार ८ सय रुपैयाँ कायम भएको छ ।
अमेरिकामा सरकारी ऋणपत्रले उच्च प्रतिफल दिनथालेपछि लगानीकर्ताहरू सुनबाट ऋणपत्रमा आकर्षित भएको रोयटर्सको समाचार छ । फेडेरल रिजर्भ बैंकले मौद्रिक नीतिमा कडाइ नगर्ने देखिएपछि लगानीकर्ताहरू धमाधम सरकारी ऋणपत्रमा लगानी बढाइरहेका छन् । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस १६ अमेरिकी डलरले घटेको छ । बिहीबार १७८४ प्रति औंस पुगेको सुन शुक्रबार प्रति औंस १७६८ डलर कायम भएको छ ।
पहिलो लहरको कोभिड-१९ संक्रमणमा जस्तो अमेरिका, युरोपतिर खासै भयावह स्थिति छैन । कोभिडविरुद्ध खोप धमाधम लगाउने कार्यक्रमले तिव्रता पाएपछि संसारको सबैभन्दा सुरक्षित लगानी 'सेफ हेबन' मानिने सुन बजारबाट धमाधम लगानी झिकेर अन्त लगानी बढाइरहेका छन् ।
यद्यपि छिमेकी मुलुक भारतमा कोभिड-१९ को भयावह स्थिती छ ।
डलर पनि सस्तियो
सुनको भाउ घट्नुमा अर्को कारण हो, अमेरिकी डलर । बिहीबारको तुलनामा ६५ पैसा सस्तिएको छ । बिहीबार अमेरिकी डलरको भाउ ११९.५ रुपैयाँ थियो । तर, शुक्रबार डलरको मूल्य ११८.८५ रुपैयाँ कायम भएको छ ।
डलरको भाउ घट्नु र अन्तर्राष्ट्रिय बजारमा घटेको मूल्यले नेपाली सुन बजारमा ठूलो अन्तरले गिरावट आएको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले बताए । उनले, 'अहिले अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताहरूले सुनमालगानी गर्ने की नगर्ने भनेर अन्योलपूर्व अवस्थामा रहेको देखिन्छ । कहिले घटेको छ त कहिले बढेको छ ।' सुन दुई/चार दिन अझै सस्तिने उनको आकलन छ ।
सुनसँगै चाँदीको भाउ पनि सस्तिएको छ । चाँदी तोलामा २० रुपैयाँ घटेको महासंघले जानकारी दिएको छ । शुक्रबार चाँदी तोलामा एक हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

प्रतिक्रिया