गृहमन्त्री रवि लामिछानेलाई व्यंग्य गर्दै अभिनेत्री सुरक्षाको कविता

काठमाडौँ - अभिनेत्री सुरक्षा पन्त आजभोलि कविको संगतमा छिन् । हाल प्रसारण भइरहेको ‘पोयट आइडल’को चारजना मध्ये एउटा जज सुरक्षा पन्त पनि हुन् । त्यसैले आजभोलि उनी कविहरूको बाक्लो संगतमा छिन् । यसको असर उनी पनि कवि बनेकी छिन् । केही दिनअघि प्रसारण भएको शृंखलामा सुरक्षाले पनि कविता वाचन गरेकी थिइन् ।
तर आइतबार बिहान उनले यो परिचयलाई थप घनिभूत बनाउने उद्देश्यसहित एउटा कविता पोस्ट गरेकी छिन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सलामी लिँदै गरेको फोटो पोस्ट गर्दै उनले ठिक्कको लम्बाइको ‘पिर्का’ शीर्षकको कविता लेखेकी छिन् जहाँ उनले पिर्कालाई हिमालसँग तुलना गरेकी छिन् । घुमाउरो गरी पिर्कामाथि लेखिएको उनका कविताले रवि लामिछानेलाई गिज्याएको हरकोहीले अनुमान गर्न सक्छ ।
गृहमन्त्री भए लगत्तै घोषणामाथि घोषणा गरिरहेका रवि लामिछानेले पिर्कामाथि बसेर सलामी लिन नचाहेको भन्दै उनका भक्तहरूले सामाजिक सञ्जाल रंगाएको थिए । तर भक्तिगानका पोस्ट टाइमलाइनबाट नहराउँदै रवि लामिछानेले पिर्कामाथि बसेर सलामी लिइरहेको नयाँ फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । आफूले गरेको वाचामा दुई दिन पनि टिक्न नसकेको देखेपछि सम्भवतः सुरक्षा हैन सुरक्षाभित्रको कविलाई झोँक चलेको छ । त्यसैले उनले रविको पिर्कामाथि बसेको फोटोसँगै कविता लेखेर पोस्ट गरेकी छिन् । हेर्नुस् सुरक्षाको कविता :

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया