हिरोइनको हरर हेर्न हलमै छिरेनन् दर्शक
काठमाडौँ -हरर विधाका फिल्मले पछिल्लो समय दर्शकको खडेरी झेल्नु परेको थिएन । धेरथोर सही दर्शक आउँथे । अझ पछिल्लो समय रिलिज भएको ‘कठपुतली’ले त अचम्मसँग दर्शक पाएको थियो । यसभन्दा अघिका ‘घर’ र ‘सुनकेसरी’ले पनि पहिलो दोस्रो दिन राम्रै दर्शक पाएका थिए । तर यही विधामा बनेको र हिरोइनहरूले बने मध्येकै उत्कृष्ट हरर फिल्म भनेको ‘चि मुसी ची’ले दर्शक लोभ्याउनै सकेन ।
‘सुनकेसरी’ निर्माण गरेर दर्शक ठगेको स्वीकार गरेकी अभिनेत्री ऋचा शर्माले ‘चि मुसी ची’बाट दर्शकको भर्पाइ हुने दाबी गरेकी थिइन् । तर ऋचाको दाबीलाई दर्शकले मतलब नै गरेनन् । ऋचाबाहेक यो फिल्ममा प्रियंका कार्की र बेनिशा हमाल पनि छन् । बाँकी दुई हिरोइनले पनि फिल्मलाई लिएर ठूलै गफ गरेका थिए ।
पहिला यो कथा सिरिजको रुपमा निर्माण भएको थियो । तर सिरिज छाडेर निर्माताले यसलाई फिल्म बनाएर रिलिज गरेका थिए । तर चल्तीका हिरोइनको जमघट हुँदा पनि दर्शक योफिल्मसँग तर्सन मानेनन् । फिल्मले पहिलो–दोस्रो सुख्खा सुख्खा बितायो । फिल्मको दर्शक समीक्षा पनि उस्तो गतिलो छैन त्यसैले बाँकीका दिनमा पनि दर्शक आउलान् ? कमै आश गर्ने ठाउँ छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया