टेलर स्विफ्टको बिरालो विश्वकै धनी जनावर

लसएन्जल्स- अमेरिकी गायिका टेलर स्विफ्ट धनी गायिका हुन्, यसमा कुनै शंका छैन । विश्वका जुन कुनामा पनि गुञ्जने गीतबाट उनले सेकेन्ड सेकेन्डमा पैसा कमाउँछिन् । तर रोचक कुरा के छ भने उनको घरमा टेलर स्विफ्ट मात्र होइन उनको बिरालोले पनि कमाउँछ ।
अल अबाउट क्याटका अनुसार टेलरको बिरालो ओलिभिया १२ सय करोड अमेरिकी डलरको मालिक हो । अल अबाउट क्याटका अनुसार टेलरले सन् २०१४ मा ओलिभियालाई घर भित्र्याएकी थिइन् । त्यसयता टेलरले बेला बेलामा ओलिभियासँगको फोटो सार्वजनिक गर्ने गरेकी छिन् । धेरै थाहा होला कतिपय यस्ता पोस्टबाट टेलरले राम्रो पैसा कमाउँछिन् । यसको केही हिस्सा ओलिभियाले पनि पाउँछिन् ।
योबाहेक ओलिभियाले टेलरसँग थुप्रै विज्ञापन र म्युजिक भिडियोमा पनि काम गरेकी छिन् । यो सबैबाट पाएको पैसा जोड्दा ओलिभियाको पूँजी १२ सय करोड पुगेको हो । यति धेरै कमाइ गर्दा पनि ओलिभिया विश्वको धनी घरपालुवा जनावरमध्ये तेस्रोमा पर्छिन् । पहिलो नम्बरमा जर्मन सेफर्ड गुन्टुर ६ छ भने दोस्रोमा नाला नामको बिरालो छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया