सेयर बजार २० अंकले बढ्दा कारोबार रकममा उल्लेख्य वृद्धि

काठमाडौँ – धितोपत्र बजार साताको सुरुवाती कारोबारको दिन २० अंकले बढेको छ । आइतबार बजार २०.५५ अंकले बढेको हो । आज बजार २० अंकले बढ्दा परिसूचक २१६४.४८ अंकमा उक्लिएको छ । यस्तै 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स स्थिर रह्यो ।
उप-सूचकतर्फ बैंकिङ समूह ०.८८ प्रतिशत, म्यानिफ्कचरिङ एण्ड प्रोसेसिङ समूह १.०७ प्रतिशत र माइक्रो फाइनान्स समूह ०.२२ प्रतिशतले घट्दा बाँकी समूह बढेका छन् ।
यस्तै कारोबार रकममा पनि उच्च बढोत्तरी भएको छ । आज २५९ कम्पनीको ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड ४१ लाख कित्ता सेयर ७५ हजार ४६५ पटकमा खरिद बिक्री भएको छ।
बजार २० अंकले बढ्दा कारोबार भएका १३३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७१ कम्पनीको सेयर मूल्य घटेको छ। खप्तड लघुवित्त र बाराही हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ।
यस्तै ङादी ग्रुप पावर, मनकामना स्मार्ट लघुवित्त, ग्लोबल आइएमई समुन्नत स्किम लगायतका कम्पनीको सेयरले उच्च कमाउनेमा परेका छन् ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया