‘फास्ट एन्ड फ्युरियस ९’ ले ल्यायो प्रचारको नयाँ काइदा

लसएन्जल्स : ‘फास्ट एन्ड फ्युरियस’ को नवौं शृंखला जुन २५ मा रिलिज हुने तरखरमा छ । यही वर्षको अप्रिल १ मा रिलिज हुने घोषणा गरेको फिल्म सरेर जुनमा पुगेको हो । जुनबाट पनि यो फिल्म सर्ला कि भन्ने आशंका बढेका बेला फिल्मले प्रचार थालेको छ ।
तर, फिल्मले दर्शकसँग प्रत्यक्ष उपस्थित भएर फिल्मको प्रचार गर्न अप्ठेरो हुने अवस्थालाई ख्याल गर्दै पडकास्टमार्फत् फिल्मको प्रचार गर्ने भएको छ । युनिभर्सल पिक्चरले वितरण गर्न लागेको फिल्मले आज अर्थात् शुक्रबार यसको पहिलो भाग प्रसारण गर्ने भएको छ । वितरण कम्पनी एनबिसी युनिभर्सलले पडकास्ट ९ भागको रहने जनाउँदै पहिलो भागमा भिन डिजेलसँगको कुराकानी रहने जनाएको छ ।
आजबाट सुरु भएको पडकास्ट हरेक दिन शुक्रबार प्रसारण हुनेछ । यो शृंखला फिल्मको रिलिज नहुन्जेलसम्म चलिरहनेछ । पडकास्टमा कलाकारले ‘फास्ट एन्ड फ्युरियस’सँग जोडिएका अनुभव र फिल्मको जानकारी सेयर गर्नेछन् ।
जस्टिन लीको निर्देशन रहेको फिल्ममा माइकल रोड्रिगेज, रेसे गिब्सन, जोरदाना ब्रिउस्टर, क्रिस ब्रिजेज, नाथलाइ इम्मानुएल, हेलेन मिरेन र चार्लिज थेरोनको अभिनय छ । पडकास्टमा यी कलाकारसँगै प्राविधिकसँगको कुराकानीमा पनि सामेल रहनेछ । यो फिल्म दक्षिण कोरिया, ताइवान र हङकङतिर मे १९ मा रिलिज हुनेछ भने अमेरिकमा भने जुन २५ मा रिलिज हुनेछ ।

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

प्रतिक्रिया