ठमेलका घरधनी र व्यवसायीलाई दुःख दिने विदेशी नागरिकलाई बुझाइयाे अध्यागमनमा

काठमाडौँ- ठमेल पर्यटन विकास परिषदले ठमेल क्षेत्रको सामाजिक वातावरणमा खलल पुर्याएको भन्दै एक विदेशी नागरिकलाई अध्यागमन विभागलाई बुझाएको छ ।
आइतबार परिषदले मानसिक अवस्था सन्तुलन ठिक नभएको जस्तो देखिने मल्डोभा/ क्यानडेका नागरिकलाई अध्यागमन विभागलाई जिम्मा लगाएको हो ।
परिषदका अनुसार टारास टान्सोभ ६ महिनादेखि ठमेलको सडकमा बेवारिसे अवस्थाम थिए । उनले पर्यटीय क्षेत्रका ठमेलका व्यवसायी तथा घरधनीलाई दुःख दिने गरेकाले नेपाल प्रहरीको पर्यटकीय प्रहरीको सहयोगमा अध्यागमन विभागमा जिम्मा लगाइएको परिषदका अध्यक्ष भवी शर्माले जानकारी दिए ।
विदेशी नागरिक टारासले अवाञ्छित गतिविधि गरी सामाजिक वातावरण बिगारेको शर्माको भनाइ छ । परिषदले आइतबार दिउँसो पर्यटक प्रहरीको सहयोगमा अध्यागनमा बुझाएको छ ।
‘पर्यटक प्रहरीको सहयोगमा कानूनी प्रक्रिया गरी स्वदेश फिर्ता गर्न विभागमा बुझाइएको छ,’ उनले भने ।

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कालीगण्डकीमा स्नान गर्नेको घुँइचो

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

प्रतिक्रिया