सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

लखनउ बस दुर्घटना : तीन नेपालीसहित चार जनाको मृत्यु भएको पुष्टि

कैलाली - भारतको गुजरातबाट लखनउतर्फ आइरहेको एक बस दुर्घटना हुँदा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको पुष्टि भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका तीन जना नेपालीहरू कैलालीको टीकापुरका हुन् । 

दुर्घटनामा ज्यान गुमाउनेमा टीकापुर नगरपालिका–१ का ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललित साउद र २० वर्षीया निर्मला बोहरा रहेको उनले बताए । 

भारतको गुजरातबाट टीकापुर आउँदै गरेको बस गएराति लखनउमा दुर्घटना भएको हो । 

बस दुर्घटनाको कारण खुलेको छैन । भारतमा केही दिनयता बाक्लो हुस्सु र कुहिरो लागेको छ । भिजिबिलिटी कमजोर भएकाले यात्रा कठिन भइरहेको समाचार भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।