अमेरिका पुरानै लयमा फर्कियो : राष्ट्रपति वाइडन

काठमाडौँ : राष्ट्रपति जो वाइडनले अमेरिका पुनः आफ्नै लयमा फर्केको बताएका छन् । उनले अघिल्लो चारवर्षे कार्यकालाई केही पनि नभनी अमेरिका पुनः लयमा फर्केको बताउँदै आमनागरिकलाई ऊर्जा थप्ने काम गरेका छन् । उनको यो घोषणाले हरेक अमेरिकीमा आशा देखिएको त्यहाँका सञ्चार माध्यमहरूको विश्लेषण छ ।
उनले पटक-पटक भने, 'अब अमेरिकाले गति लियो र अघि बढ्नेछ । अमेरिकाले विश्व नेतृत्व गर्ने नै छ ।' कोभिडको महामारीबाट सिर्जित विपदलाई अमेरिकाले सुल्झाउन लागेको र यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पकै कारण निम्तिएको अस्थिरता समाप्त भएको पनि बताए । यो विषयलाई अमेरिकी सञ्चार माध्यमले प्रमुखताको साथ छापेका छन् ।
ट्रम्पको कार्यकालमा पुगेको क्षतिलाई उल्ट्याएर अन्तर्राष्ट्रिय साझेदारीलाई आफ्नो विदेश नीतिले पुनः सम्बोधन गर्दै अघि बढेको पनि उनले बताए । अमेरिकी राष्ट्रपति भएपछि अमेरिकी संसद्को दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्दै वाइडनले अन्य विविध प्रयासहरूसँगै कोभिड-१९ विरुद्धको व्यापक खोप अभियानको सफलताको प्रशंसासमेत उनले गरेका थिए ।
खोप कार्यक्रमले जनतामा उत्साह बढेको र सक्रिय भएका भन्दै उनले भने, ‘कोभिड प्रभावित अमेरिकी मध्यमवर्गको उत्थान र अमेरिकी श्रमिक वर्गलाई पुनर्जीवन दिन खर्बौं डलरको आर्थिक प्याकेज आवश्यक छ ।’ अमेरिका अब आफ्नो कदम निर्धक्कले अघि बढाउन सक्छ । काम गर्ने र नयाँ नयाँ सपना देख्ने तहमा पुनः अमेरिका फर्केको छ ।
विश्वलाई नै यस्ता विषयमा पहिले झै सबल नेतृत्व दिएर अघि बढ्न हामी तयार रहेको जानकारीसमेत उनले सदनमा दिए । उनले आफ्नो कार्यकालको सय दिनको समीक्षासमेत गरेका थिए । उनले खोपको सफलताको खुलेर प्रशंसा गर्दै यो अभियानले अमेरिका तंग्रिएको र नेतृत्व गर्दै अघि बढेको बताए ।
दोस्रो विश्वयुद्ध पछिको विश्वमा अमेरिकाले जुन स्तरको भूमिका निर्वाह गर्दै आएको थियो त्यसमा अझ सुधार गर्दै उत्तिकै बलियो ढंगले अघि बढाउने पनि बताए । रोजगारी योजनामा रहेका विमतिलाई हटाएर समानतामा ध्यान केन्द्रित गर्ने उनको धारणा पनि प्रशंसाको एक पाटो बनेको छ ।
यसअघि झै श्रमिकलाई वेवास्ता गर्ने र माथिल्लोलाई मात्र ध्यान दिने काम अब हुँदैन । सबैलाई समान व्यवहार गरिने उनले बताए । आफूलाई पछि छाडिएको र बिर्सिएको अनुभूति कसैले गर्न पाउने छैनन् आगामी दिनमा उनले भने । अमेरिकाका आउटसोर्स गर्नेलाई पनि अवसर दिने र आफ्नालाई जोड दिने बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया