नेपालगञ्जमा ५० शैयाको आइसोलेसन कक्ष तयार

बाँके : नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगन्जको रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० शैयाको अक्सिजन सहितको आइसोलेसन केन्द्र तयार पारेको छ ।उप–महानगरपालिकाका कार्यबाहक नगरप्रमुख उमा थापा मगरले बिहीबारदेखि कोभिडका विरामीहरूको उपचार सुरु गर्नेगरी आईसोलेसन केन्द्र तयार पारिएको हो ।
भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा उपमहानगरपालिकाले आइसोलेसन वार्ड सञ्चालन गर्न लागेको कार्यबाहक नगरप्रमुख मगरले जानकारी दिए । उपमहानगरपालिकाले आइसोलेसन वार्ड सञ्चालन गरेपछि भेरी अस्पतालमा विरामीको चाप कम हुनेछ । नेपालगञ्ज उपमहानगरपालिकाले सामान्य विरामीका लागि ह्वाईट हाउसमा समेत आइसोलेसन वार्ड सञ्चालन गरिरहेको छ ।
आइसोलेसन वार्ड तयार गरेको उपमहानगरपालिकाले कोरोना परीक्षणका लागि स्वाव संकलन कार्य समेत सुरु गरेको मगरले बताए । अस्पतालमा संक्रमितहरुको लागि बेडको अभाव देखिएपछि स्थानीय पालिका र वडा कार्यालयहरुले कोभिड आइसोलेसन निर्माण गर्न शुरु गरेका छन् । त्यस्तै नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ४ को कार्यालयले आफ्नै वडामा निर्माण गर्न सुरु गरेको आईसोलेसन कक्षको काम पनि अन्तिम चरणमा पुगेको छ ।
वडाध्यक्ष मोहम्मद सफिक बेहनाले अक्सिजन सहितको १० बेडको कोभिड आइसोलेसन आइतबारदेखि सन्चालनमा आउने जानकारी दिए । अध्यक्ष बेहनाका अनुसार आइसोलेसनमा ३ वटा सिसिटिभी क्यामेरा, वाइफाई सबै जडान गरिने भएको छ । अस्पताल संचालनका लागि २ जना मेडिकल अफिसर, ४ जना स्टाफ नर्सका लागि वडा कार्यालयले दर्खास्त आव्हान गरिसकेको पनि अध्यक्ष बेहनाले जानकारी दिए । रासस
गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी

कुटपिटबाट घाइते गिरीको मृत्यु

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

प्रतिक्रिया