यो सहकार्यले नेपाली जनतामा सकारात्मक सन्देश दिएको छ : शर्मा

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) की नेतृ रेखा शर्माले प्रधानमन्त्रीलाई विश्वासकाे मत दिएकामा सबैप्रति हार्दिक आभार व्यक्त गरेकी छिन् ।
प्रतिनिधिसभाको मंगलबारकाे बैठकमा उनले राजनीतिमा जहिले संकट आइलाग्छ त्यतिबेला सबै राजनीतिक दल एक ठाउँमा उभिनु राम्रो भएकाे पनि बताइन् । उनले भनिन्, 'सहकार्यको कदम प्रसंशनीय छ । अब सरकार गठन भइसकेपछि जे सकारात्मक पहल भएक छन् । निकै राम्रा छन् । विश्वासकाे मत दिनुभएका सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।'
कुनै पनि पार्टी बहुमत हुन सकेन त्यसैले धेरै पार्टी सरकारमा सहभागी भएकाे पनि शर्माले उल्लेख गरिन् ।
उनले भनिन्, 'राजनीतिक दल मात्रै हैन यहाँ स्वतन्त्र पनि हुनुहुन्छ । उहाँहरूले पनि पक्षमा गरिदिनुहुन्छ भन्ने विश्वास छ । यो सहकार्यले नेपाली जनतामा सकारात्मक सन्देश दिएको छ । यो संसद् निर्माण हुँदा जनताको आशा र भरोसा पूरा हुनेछ ।'

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

प्रतिक्रिया