गीतका लागि सहकार्य गर्दै जस्टिन बिबर र बिटीएस

लसएन्जल्स : क्यानेडियन गायक जस्टिन बिबर र कोरियाली सांगीतिक समूह बिटीएसबीच सहकार्य हुने भएको छ । अमेरिकी पत्रिका पेज सिक्सले लेखेको खबर अनुसार फरक महादेशका दुई सांगीतिक हस्ती एउटा गीतका लागि सहकार्य गर्न तयार भएका हुन् ।
जस्टिन र बिटीएसका फ्यानले लामो समयदेखि दुवैलाई एक अर्कासँग सहकार्य गर्न दबाब दिइरहेका थिए । अन्ततः दुवै एउटा ट्रयाकमा सहकार्य गर्न तयार भएका हुन् । समाचारअनुसार यो गीत जस्टिनको नयाँ एल्बम ‘जस्टिन डिलक्स एडिसन’ मा रहनेछ ।
एक महिनाअघि मात्र जस्टिन र बिटीएसको रेकर्ड लेबल मर्जर भएको समाचार आएको थियो । यो सहकार्यलाई त्यसैको परिणाम मानिएको छ । बिटीएसको रेकर्ड लेबल बिग हिट इन्टरटेनमेन्टले एक महिना अघि मात्र जस्टिनका रेकर्डाधिकार भएको स्कुटर ब्राउनको इथाका होल्डिङ्सलाई १ अर्ब अमेरिकी डलरमा खरिद गरेको समाचार आएको थियो । इथाका होल्डिङ्सले जस्टिनबाहेक एरियाना ग्रान्डे, डेमी लोभाटो र जे एलभिनका एल्बमको वितरण गर्ने गरेको छ ।
बिटीएसका एक सदस्य जंगकुक जस्टिनका फ्यान हुन् । उनले धेरैपल्ट जस्टिनका गीत सेयर गरेका छन् । त्यसैगरी, जस्टिनले पनि दुई वर्ष अघि जंगकुकलाई जन्मदिनमा शुभकामना दिएका थिए ।

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

प्रतिक्रिया