सुशासन र सेवा प्रवाह प्रतिबद्धता गरेकाले हामी सरकारलाई विश्वास गर्छौं : लिङ्देन

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले विगतबाट पाठ सिक्दै सुशासन र सेवा प्रवाहमा प्रतिबद्धता जनाएका कारण सरकारलाई विश्वसको मत दिने निर्णय गरेको बताएका छन् ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मागेको विश्वासको मतको प्रस्तावको छलफल गर्ने क्रममा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।
‘त्यो संसदीय संरचनाको गम्भीरतालाई त्यो जनादेशलाई आत्मसाथ गरेर राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रारम्भमै प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई प्रधानमन्त्री गर्नेमा हस्ताक्षर गरेको छ,’ उनले भने, ‘सुशासन र सेवा प्रवाहमा जुन प्रतिबद्धताहरू व्यक्त भएका छन् त्यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी विश्वास गर्छ ।’
यो पटकको प्रतिनिधिसभाको प्रकृति नै विशेष खालकाे भएकाले पनि सरकारमा सहभागी भएको उनको भनाइ छ ।
‘यस पटकको प्रतिनिधि सभाको प्रकृति नै विशेष प्रकृतिको छ,’ उनले भने, ‘कुनै पनि राजनीतिक दलको बहुमत छैन । सबै राजनीतिक दलहरू मिलेर जानुपर्ने कुनै विचारलाई पनि निषेध गरिएको छैन । दललाई पनि निषेध गरिएको छैन ।’
अध्यक्ष लिङ्देनले पुष २७ गते बिदा दिने सरकारको निर्णयलाई समेत स्वागत गरे ।

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

प्रतिक्रिया