ओलीलाई लक्षित गर्दै माधव नेपालले भने : विदेशको कुरा ल्याएर संसद्मा नअल्झाउनू

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै संसद् विघटन प्रधानमन्त्रीले लहडको भरमा गर्न नमिल्ने बताएका छन् ।
उनले प्रतिनिधि सभा विघटन प्रतिगामी थियो भन्ने महसुस अध्यक्ष ओलीले गरेका होलान् भन्ने सोचे पनि अझै आत्मालोचना हुन नसकेको बताएका हुन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटन गर्न पाइन्छ भनिरहेको भन्दै आपत्ति जनाए ।
नेपालले प्रतिनिधि सभा विघटन गर्न नपाउने भन्दै सरकारलाई प्रतिनिधि सभा विघटन गर्ने कुरामा नलाग्न सचेत गराए । उनले अध्यक्ष ओलीप्रति लक्षित गर्दै विदेशको कुरा ल्याएर संसद्मा नअल्झाउन आग्रह समेत गरे ।
अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले पनि विश्वासको मत दिने भनिसकेपछि आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले अहिले आफूले आशा गरेकै व्यक्ति प्रधानमन्त्री भएको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको जिकिर गरे ।
अध्यक्ष नेपालले अर्को सरकार विकल्प हुन्जेलसम्म कसैको लहडको भरमा प्रतिनिधि सभा विघटन गर्न नपाउने स्पष्ट पारे ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया