सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

लखनउ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्याे

कैलाली । भारतको लखनउमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । घाइते मध्ये कञ्चनपुरको कृष्णपुर नगरपालिका र टीकापुरका थप दुई जनाको उपचार कै क्रममा मृत्यु भएको छ।

दुर्घटनामा घाइते कञ्चनपुरको कृष्णपुरका दिपक सुनार र टीकापुरका हरि साउदको मृत्यु भएको हो। मृत्यु भएका पाँचै जना नेपालीको सनाखत भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार सो दुर्घटनामा पाँच नेपाली र र एक बस चालक भारतीय गरी ६ जनाको मृत्यु भएको छ।

सोमबार मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ का ५५ वर्षका चन्द्र साउद, सोही ठाउँका ४५ वर्षका ललित साउँद र सोही ठाउँकै २० वर्षकी निर्मला बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी कार्यालय कैलालीले बताएको छ। भारतको गुजरातबाट आइतबार नेपालको टीकापुरतर्फ आईरहेको आरजे २७ पिए ५७०३ नम्बरको बस लखनउ नजिकै राति दुर्घटना भएको थियो। सो बससँग मिनी ट्रक ठोक्किएको प्रहरीले जानकारी दिएको छ।