मधेश प्रदेश : आन्तरिक तयारी नपुगेपछि मुख्यमन्त्रीमा दाबी पेश हुन सकेन

जनकपुरधाम- गठबन्धन दलमा आन्तरिक तयारी नपुगेको भन्दै मङ्गलबार मधेश प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्ने कार्य हुन सकेन ।
गठबन्धनका अन्य दलले चिसोका कारण सांसद जनकपुरमा आइपुग्न ढिलाइ भएको र अन्य व्यवस्थापकीय तयारी बाँकी रहेको जनाएपछि दाबी पेश गर्न नसकिएको जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश प्रमुख रामबाबु यादवले जानकारी दिए ।
यसअघि जसपा मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै सरकार गठनका लागि मङ्गलबार नै दाबी पेश गर्ने भनिएको थियो ।
प्रस्तावित मुख्यमन्त्रीका दाबेदार जसपा मधेश प्रदेश संसदीय दलका नेता यादवले पनि सत्ता गठबन्धनका अन्य दलले तयारी नपुगेको भनेपछि मङ्गलबार दाबी पेश हुन नसकेको बताए । उनका अनुसार सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) ले मङ्गलबार दिउँसोसम्म संसदीय दलको नेता चयन गर्ने र अन्य दलले पनि आन्तरिक तयारीपछि दिउँसो ४ बजेसम्म दाबी पेश गर्ने भनिएको थियो तर माओवादी केन्द्रले दलको नेता चयन गर्न सकेन ।
'सबै तयारी भए किन अन्तिमसम्म कुर्ने भन्ने थियो, तर आज आन्तरिक तयारी नपुगेपछि दाबी पेश हुन सकेन,' नेता यादवले भने, 'अब माओवादी केन्द्रले दलको नेता चयन र अन्य दलको आवश्यक तयारी पूरा भएपछि दाबी पेश गर्छौं, सम्भवतः भोलि नै गर्छौं ।'
प्रदेश प्रमुख हरिशङ्कर मिश्रले यही २८ पुस दिउँसो ४ बजेसम्म सरकार गठनका लागि आह्वान गरेका छन् । केन्द्रीय सत्ता समीकरणमा रहेका दलहरूबीच मधेश प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

प्रतिक्रिया