सल्यानमा स्कर्पियो दुर्घटना हुँदा तीन जना घाइते

सल्यान- सल्यानमा स्कर्पियो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
जिल्लाको बाग्चौर नगरपालिका-२ बाग्चौरबाट थारमारे जाँदै गरेको लु३च ७८४ नम्बरको स्कर्पियो स्थानीय बसपार्क नजिकैको घुम्तीमा मंगलबार बेलुका ७:३० बजे दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।
घाइते हुनेमा बाग्चौर नगरपालिका ४ सिमखोलीका २५ वर्षीय चालक दिपेन्द्र बस्नेत, थाराचौरका २३ वर्षीय प्रेम डाँगी र वडा नम्बर ९ कुइयापानीका २४ वर्षीय प्रभाकर ओली रहेका छन् ।
घाइते सबैको अहिले जनप्रिय पोलिक्लिनिक बाग्चौरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया