लागूऔषधसहित दुईजना पक्राउ

जनकपुरधाम : सप्तरी प्रहरीले लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिका-७ कनकटा बस्ने २८ बर्षीय अभिमन्युकुमार र राजविराज नगरपालिका-८ बस्ने ४३ बर्षीय गज्जु दास रहेको सशस्त्र प्रहरी सप्तरीले जनाएको छ ।
स. ४ प ३४९७ नम्बरको मोटरसाइकलमा भारतबाट लागूऔषध ल्याउँदै गर्दा राजगढ गाउँपालिका-२ मा चेक प्वाइन्टमा सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेपछि भाग्दै गरेको अवस्थामा तिनीहरुलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् । उनीहरूको साथबाट डाइजेपाम इन्जेक्सन ६४ थान, फेनारगन इन्जेक्सन ६५ थान, लिजेसिक बुप्रेनोरोफिन इन्जेक्सन ६५ थान, नाइट्रोसुन ट्याब्लेट ५० थान बरामद भएको छ ।
उनीहरूको साथबाट जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जारी भएको लक्ष्मीकुमार मण्डलको र बोधनी देवीको नामबाट जारी भएको नागरिकता समेत बरामद भएको प्रहरी उपरीक्षक श्रेष्ठले जनाएको छ । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

खाल्डोमा डुबेर बालकको मृत्यु

प्रतिक्रिया