सुदूरपश्चिम र लुम्बिनी सरकारमा दाबी पेस गर्ने आज अन्तिम दिन

काठमाडौं - सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश सरकारमा दाबी पेस गर्ने आज अन्तिम दिन हो । दुवै प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदैछ ।
सुदूरपश्चिममा आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ । सुदूपश्चिममा नागरिक उन्मुक्ति पार्टीले निर्णय नलिँदा सत्ता गठबन्धनलाई सरकार गठन गर्न कठिन भइरहेको छ । सुदूरपश्चिममा नागरिक उन्मुक्तिले जसलाई समर्थन गर्छ उसैको सरकार बन्ने देखिन्छ । सत्ता गठबन्धनको भागबन्डा अनुसार सुदूरपश्चिम एमालेको भागमा परेको छ ।
५३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न २७ सांसदको समर्थन चाहिन्छ । यहाँ सबैभन्दा ठूलो नेपाली कांग्रेससँग १९ , माओवादी केन्द्रसँग ११, एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एकजना स्वतन्त्र सांसद छन् ।
यता लुम्बिनी प्रदेशसभामा सरकारमा दाबी पेस गर्ने आज अन्तिम दिन हो । प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई सरकारमा दाबी पेस गर्न दिएको समयसीमा आज सकिँदै छ । प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते (आज) अपराह्न ४ बजेसम्म सरकार गठनका लागि समय दिएका छन् ।
मंगलबार (हिजो) नै सरकारमा दाबी पेस गर्ने तयारी भए पनि सांसदहरूको हस्ताक्षर नपुगेपछि सत्ता गठबन्धनले दाबी पेस गर्न सकेको थिएन ।
प्रदेशको नेतृत्व पूरा कार्यकाल नेकपा (एमाले)लाई दिने निर्णय गरेपछि नेकपा (माओवादी केन्द्र)मा असन्तुष्टि देखिएको छ । लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा र जनमतका तीन–तीन सिट छन् । नागरिक उन्मुक्तिसँग चार सिट र स्वतन्त्र दुईजना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ ।

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_wm3svuylSr_gqzqwuffxecxbkfbgmjjf0yk2fbveaecnhszlpj52zi1hseoipmr1hlxolfo.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

प्रतिक्रिया