कारबाओ कपः युनाइटेड र न्यूकासल सेमिफाइनलमा

काठमाडौँ- म्यानचेस्टर युनाइटेडले कारबाओ कपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । वल्ड ट्राफोर्डमा मंगलबार राति भएको क्वार्टरफाइनल खेलमा चार्लटन एथलेटिकलाई ३-० गोलअन्तरले पराजित गर्दै युनाइटेडले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
इंग्लिस प्रिमियर लिग क्लब युनाइटेडलाई लिग वान क्लब चार्लटनमाथि जित दिलाउन मार्कस रासफोर्डले २ तथा एन्टोनीले १ गोल गरे ।
एन्टोनीले २१ औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । रासफोर्डले ९० औँ मिनेटमा अग्रता दोब्बर बनाए । रासफोर्डले नै दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै युनाइटेडलाई शानदार जित दिलाए ।
त्यसैगरी, अर्को खेलमा न्यूकासलले लेस्टर सिटीलाई २-० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । न्यूकासललाई जित दिलाउन डेन वर्न र जोएलिन्टनले एक-एक गोल गरे ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया