मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त भएका छन् । जसपाको मधेस प्रदेश संसदीय दलका नेता रहेका यादव प्रदेश प्रमुख हरिशंकर मिश्रले नियुक्त गरेका हुन् ।
यादवले मुख्यमन्त्रीका लागि ६३ सांसदको समर्थन सहितका दावी पेस गरेका थिए । यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा, नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुको समर्थन थियो । यसका अतिरिक्त स्वतन्त्र प्रदेससभा सदस्यहरु सुरिता साह र अनिरुद्द सिंहको समेत यादवलाई समर्थन गरेका हुन् ।
जसपालाई नेकपा एमालेको २३, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघिय समाजवादी पार्टीको १÷१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित कुल ६३ जना प्रदेशसभा सदस्यहरुको लिखित समर्थन थियो ।
१०७ सदस्यीय मधेस प्रदेश सभामा बहुमतका लागि कम्तिमा ५४ जना प्रदेशसभा सदस्यहरुको समर्थन चाहिने थियो ।

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

प्रतिक्रिया