आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

हेमन्त र शान्तिश्रीको 'बिल्ला हान्या हैन है'सार्वजनिक

काठमाडौँ- गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ। ‘बिल्ला हान्या हैन है माथी हेर्ने राम छ’ बोलको गीत बिहिबार बिहान सार्वजनिक भएको छ। यस पटक गायक हेमन्त शर्मासँग गायिका शान्तिश्री परियारले गायनमा सहकार्य गरेकी छिन्। गायक शर्माके शब्द संगीत रहेको गीतमा श्यामश्वेत रसाइलीले संगीत संयोजन गरेका छन्। 

रोमान्टिक शैलीको गीतको म्यूजिक भिडिओमा भनेसुनिल खत्री र काव्या खड्काले अभिनय गरेका छन्।  भिडिओ निर्देशन सुनिल खत्रीले गरेका हुन्। दुर्गा पौडेलको छायांकन रहेको भिडियो सम्पादन अमृत चापागाईंले गरेका छन्।