एमालेको प्रदेश कमिटीले पायो पूर्णता

काठमाडौँ : नेकपा (एमाले)ले कर्णाली प्रदेश कमिटीलाई पूर्णता दिएको छ । पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पछिल्लो बैठकले १४७ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो ।
एमालेले यसअघि प्रदेश कमिटीका पदाधिकारीको चयन गरिसकेको थियो । पदाधिकारीमा यामलाल कँडेल प्रदेश इञ्चार्ज, लक्ष्मी पोखरेल र गुलावजङ्ग शाह सहइञ्चार्ज, गोरख बोगटी अध्यक्ष तथा धर्मराज रेग्मी सचिवको जिम्मेवारीमा छन् ।
सचिव रेग्मीका अनुसार सङ्घीय सांसद तथा प्रदेशसभा सदस्य, जिल्ला पार्टी अध्यक्ष, जिल्लास्तरका अगुवा नेता, पेशागत क्षेत्रबाट पार्टी सङ्गठनमा योगदान पुर्याएकालाई समेटेर कमिटी पूर्णता दिइएको छ । उनले अन्तरपार्टी निर्देशनबमोजिम साङ्गठनिक कामलाई तीव्रता दिने, तोकिएको समयमा मातहतका कमिटीका अधिवेशन सम्पन्न गर्न तयारी गर्ने, कोरोना भाइरस महामारीलाई रोकथाम तथा नियन्त्रणमा राज्यका निकायलाई सहयोग पुर्याउन स्वयंसेवक परिचालन गरिने बताए ।
एमालेले आगामी मङ्सिर २ देखि ६ गतेसम्म राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिसकेको छ । त्यस्तै आगामी भदौ ५ गते वडा, भदौ १५ गते पालिका, भदौ ३० गते जिल्ला तथा असोज २३ गते प्रदेश अधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको छ ।
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_OKmBPHX56j_omdjqsgyuxbjthxhi1hyjz2hmxowpwrudbevggr9q2z7z2rlel590pfninoh.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

गाउँपालिकाका उपाध्यक्षद्वारा मदिरा सेवन गरेर कार्यालय तोडफोड

शैक्षिक सत्र सुरु हुनै लाग्दा पनि कर्णालीमा गोदाममै पाठ्यपुस्तक

प्रतिक्रिया