केयूमा हल्ट प्राइजको 'फेसन र व्यवसायमा दीगोपन' विषयमा छलफल

काठमाडौँ- काठमाडौँ विश्वविद्यालय (केयू) मा हल्ट प्राइजले 'सस्टेनबिलिटी इन फेसन एण्ड बिजनेश' विषयमा छलफलको नयाँ शृंखला सम्पन्न भएको छ। केयूमा गत सोमबार फेसन र व्यवसायमा दीगोपन शीर्षकमा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
सत्रको नेतृत्व काठमाडौँ विश्वविद्यालयकै पूर्व विद्यार्थीहरूले गरेका थिए। सो छलफलमा 'बुनेको नेपाल' नामक क्लोथिङ ब्राण्डका संस्थापक सौरभ कार्कीले पाँच वर्षको अवधिमा आफ्नो व्यवसायमा भोगेका कठिनाइ तथा व्यवसाय व्यवस्थापन, अर्थशास्त्र, सूचना प्रविधि लगायतका विषयमा आफ्ना विचार आदानप्रदान गरेका थिए । कार्कीले रेडिमेड गार्मेन्टमा विशेष ध्यान दिँदा नै 'बुनेको नेपाल' यस स्थानसम्म आइपुगेको बताए । विद्यार्थीहरूको तर्फबाट दीगो व्यवसायमा नाफाबारे प्रश्नमा कार्कीले व्यवसायीले सँधै नाफामात्र हेर्न नहुने उल्लेख गरे । व्यवसायमा नाफा अनिवार्य हुन्छ तर सँधै नाफामात्र पनि हेर्नु नहुने कार्कीले बताए।
काठमाडौँ विश्वविद्यालयमा हल्ट प्राइजले विगत केही महिनादेखि फेसन र दीगोपनका विषयमा यसप्रकारको छलफल कार्यक्रम गर्दै आइरहेको छ । सहभागीहरूमा व्यावहारिकताको सारसहित विषयवस्तुको स्पष्ट चित्र पाउन सहज हुने उद्देश्यले भौतिक रुपमा आयोजना हुने गरियो यो पहिलो शृङ्खला रहेको थियो । कार्यक्रमको औपचारिक समापन अतिथि तथा वक्तालाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो।

गणित र उद्यमशीलतालाई एकसाथ जोड्न 'इन्ट्रप्रेन्युल म्याथ' सुरू

एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपि र एनइबी दीक्षान्त समारोह भव्यताका साथ सम्प…

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

प्रतिक्रिया