शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनका बिषयमा अन्य दलहरुसंग छलफल गर्ने

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचनका बिषयमा अन्य दलहरुसंग छलफल गर्ने भएको छ ।

पार्टी सभापति शेर बहादुर देउवा निवास धुम्वाराहीमा बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले सभामुख र उपसभामुखको निर्वाचनका बिषयमा संसदमा रहेका अन्य राजनीतिक दलहरुसंग छलफल चलाउने निर्णय गरेको सहमहामन्त्री बन्द्री पाण्डेले जानकारी दिए । 

दलहरुसंग छलफल गरेर मात्रै सभामुख र उपसभामुखमा उम्मेद्वारीका बिषयमा पार्टीले निर्णय लिने उनले बताए । राष्ट्रपति चयनका बिषयमा भने पार्टीभित्र अहिलेसम्म छलफल नभएको पाण्डेको भनाइ छ ।

पदाधिकारी बैठकमा स्ववियु निर्वाचन आइरहेको सन्दर्भमा नेविसंघ लगायतका भातृसंगठनलाई पनि पूर्णता दिने बिषयमा छलफल भएको सहमहामन्त्री पाण्डेले जानकारी दिए ।