मालपोत र नापी कार्यालय अनिश्चितकालका लागि बन्द

जनकपुरधाम : कोभिड-१९ संक्रमण बढदै गएको दृष्टिगत गर्दै मालपोत कार्यालय धनुषा र नापी कार्यालयले आइतबारदेखि आफ्ना सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेका छन् । कोभिड संक्रमणको दोस्रो भेरियन्ट तिब्र रुपमा फैलिन थालेपछि जनकपुरधामस्थित भूमिसुधार तथा मालपोत र नापी कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि मुद्दा बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।
कोभिडको दोस्रो चरणमा धेरै मानिसहरू प्रभावित भइरहेको र यस जिल्लामा पनि प्रभावितको संख्या बढ्दै गइरहेकोले जोखिम नियन्त्रण गर्न, भिडभाड कम गरी कार्यालय सञ्चालन गर्ने व्यवस्था मिलाउँदासमेत भीड बढेकाले कार्यालयका कामहरू बन्द गरिएको बासु प्रसाद कोइरालाद्वारा जारी सूचनामा उल्लेख छ ।
त्यसैगरी आइतबारदेखि नापी कार्यालय धनुषालेसमेत आफ्नो सेवा बन्द गर्ने निर्णय गरेको छ । अर्को सूचना जारी नभएसम्मका लागि आइतबारदेखि सम्पूर्ण सेवा स्थगित गर्ने निर्णय गरिएको नापी अधिकृत विन्देश्वर यादवद्वारा जारी सूचनामा भनिएको छ ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया