कर्णालीमा माओवादीले पुरानालाई मन्त्रीमा नदोहोर्याउने

सुर्खेत - नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा पुरानालाई यो पटक मन्त्री नबनाउने भएको छ । प्रदेश इन्चार्ज कालीबहादुर मल्लले दिएको जानकारीअनुसार पुराना कसैलाई पनि मन्त्री नबनाउने निर्णय भएको छ ।
माओवादीबाट डोल्पाका वीरबहादुर र सुर्खेतका विन्धमान विष्ट प्रदेशसभामा दोहोरिएका छन् ।
नयाँलाई मात्र मन्त्री बनाउने माओवादीभित्र सहमति भइसकेको छ । बिहीबार मात्र माओवादीबाट मुगुका मंगलबहादुर शाहीले विना विभागीय मन्त्रीको रुपमा मात्र शपथ लिएका छन् ।
मन्त्रिमण्डल विस्तारका लागि छलफल जारी रहेको छ । कर्णालीमा एमाले र माओवादीबीच आधा आधा कार्यकाल सरकार चलाउने सहमति भएको छ ।

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

प्रतिक्रिया