‘गुञ्जन’ र ‘तिम्रो मेरो साथ’को चिसो सुरुवात
काठमाडौँ - आजबाट हलमा आएका ‘गुञ्जन’ र ‘तिम्रो मेरो साथ’ दर्शक लोभ्याउन असफल भएका छन् । दुवै फिल्मका बिहानी तथा दिवा सोमा दर्शक देखिएनन् । मौसमको चिसो हलमा लागेका फिल्ममा पनि सरेको छ ।
निर्माताको रोजाइमा पर्दै आएकी साम्राज्ञीराज्य लक्ष्मी शाह र पुष्प खड्का अभीनित ‘तिम्रो मेरो साथ’ले आक्रामक पब्लिसिटी गरेको थियो । निर्माता÷निर्देशक कलाकारको टोली लिएर मेला महोत्सव र देशबाहिरका मुख्य सहरमा दौडिएका थिए । तर पहिलो दिन फिल्ममा यो दौडको असर देखिएन । उता ‘गुञ्जन’को पनि हालत यही छ । सुस्त पब्लिसिटी गरेको यो फिल्ममा पनि दर्शकको रुची देखिएको छैन । फिल्ममा नयाँ अभिनेता प्रितमराज सेन्चुरीसँगै सारा सिरपाइली र कबिर खड्काको अभिनय रहेको छ ।
‘तिम्रो मेरो साथ’को सुरुवाती प्रदर्शनसँगै ब्याक टु ब्याक हिट दिएर अभिनय यात्रा सुरु गरेकी साम्राज्ञीलाई तेस्रो हिटको खोजी लामो हुने देखिएको छ । उनले सुरुमा अभिनय गरेका ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ हिट भएका थिए । त्यसयता भने उनले अभिनय गरेका फिल्मले हिटको ट्याग पाउन सकेका छैनन् । यसले अब दुई हप्तापछि रिलिज हुने साम्राज्ञीको ‘ह्यारी कि प्यारी’माथि पनि दबाब बढाएको छ । माघ २० मा यो फिल्म प्रदर्शन हुँदैछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया