मधेशका मुख्यमन्त्री सरोज यादवले गरे पदभार ग्रहण

जनकपुरधाम। मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले पदभार ग्रहण गरेका छ्न् । शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै जनकपुरधामस्थित सहिदद्वारमा सहिदहरुको शालिकमा माल्यार्पणका गरि पदभार ग्रहण गरेका हुन् ।
उनलाई मुख्यमन्त्री कार्यालयका सचिव कृष्णबहादुर राउतले पदभार ग्रहण गराए । पदभार ग्रहण गरे लगत्तै नवनियुक्त मुख्यमन्त्री यादवले प्रदेशको इगवर्नेन्स मास्टर प्लान तयार पार्ने निर्णय गरेका छन् । प्रदेशमा सेवालाई प्रभावकारी बनाउन विद्युतिय संजालसंग जोड्ने गरि इगवर्नेन्स मास्टर प्लान तयार पार्ने निर्णय गरिएको हो ।
यसका साथै नवनियुक्त मुख्यमन्त्री यादवले प्रदेशभित्र रहेका हरेक सरकारी कार्यालयमा गुनासो पेटिका राख्न निर्देशन दिएका छन् । उनले भ्रष्टाचार नियन्त्रणमा समेत प्रदेश सरकारकाे सक्रियता रहने बताए। सञ्चारकर्मीहरूकाे जिज्ञासामा उनले प्रदेश सरकारकाे आफ्नाे प्रहरी प्रशाशन नहुञ्जेलसम्म जनलाेकपाल सक्रिय हुन नसक्ने बताए ।

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

प्रतिक्रिया