मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

हल्ट प्राइज 'आन्टरप्रेनर टक सिरिज'को तेस्रो सत्र शनिबार

काठमाडौँ-​ हल्ट प्राइज एट आई.ओ.ई पुल्चोक क्याम्पसले शनिबार 'आन्टरप्रेनर टक सिरिज' को तेश्रो सत्र आयोजना तयारी गरेको छ। शनिबार ' क्रियटिङ बिजनेश आइडिया एण्ड डिजाइन थिङ्किङ' विषयमा छलफल गर्ने भएको हो। सो सत्र एडभान्स कलेज अफ इन्जिनियरिङमा दिउँसो २ बजेदेखि सुरु हुनेछ। 

मानिसको दिमाग आउने व्यावसायिक आइडियालाई कसरी कार्यान्वयन लगायतका विविध विषयमा छलफल हुने आयोजकले जानकारी दिएको छ ।  मानिसको दिमागमा रहेका व्यावसायिक आइडियालाई कसरी रचनात्मक रूपमा कार्यान्वयनको लागि प्रोत्साहनका कमीले यस्ता आइडियाहरू आफैं विचार बिलिन हुने गरेको र यसलाई कसरी कार्यान्वयन गर्ने लगायतका विषयमा छलफल हुनेछ। हल्ट प्राइज, विद्यार्थीहरूको लागि नोबेल पुरस्कारको रूपमा  मान्यता प्राप्त पुरस्कार रहेको छ। एक वर्ष-लामो, विश्वव्यापी प्रतिस्पर्धा हुने यस प्रतियोगितामा युवाहरूलाई नवीन सामाजिक उद्यमहरू सिर्जना गरेर विश्वको सबैभन्दा महत्त्वपूर्ण समस्याहरू समाधान गर्न प्रोत्साहित गर्छ।

हल्ट प्राइजको तेश्रो सत्रमा 'क्रियटिङ बिजनेश आइडिया एण्ड डिजाइन थिङ्किङ' ले सहभागीहरूलाई प्रतिस्पर्धाका लागि व्यावहारिक विचारहरू प्राप्त गराउन र उनीहरूलाई डिजाइन सोचको परिचय गराउनेछ। ‘उद्यमी वार्ता शृङ्खला’ को पहिलो दुई सत्रलाई दर्शकले  विशेष रुचाएका आयोजकको दाबी छ । 

यस सत्रमा सहभागीहरूलाई मार्गदर्शन गर्ने अतिथि वक्ताहरू  मस्तकलाका संस्थापक निखिल अग्रवाल र अरुण अग्रवाल, वेदका सह-संस्थापक सुजित पाठक र वेदका सीईओ निर्देश द्वा रहेका छन्।