शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

देशभर थपिए ९ जना कोभिड संक्रमित

काठमाडौँ- शुक्रबार देशभर ९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३७७ जनाको कूल परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको हो ।

देशभरका विभिन्न अस्पतालबाट ४ जना डिस्चार्ज भएका छन् । हालसम्म ९ लाख ८८ हजार ९९८ जना संक्रमणमुक्त भएका छन् ।

२४ घण्टामा ११ हजार ४२१ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

देशभर सक्रिय संक्रमित २८ जना छन् ।